पुनःसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवदेनमा रहेका बिवादित बिषय सहमतिमा टुङगाउने जिम्मेवारी संवैधानिक समितिले बिवाद समाधान उपसमितिलाई दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले आयोगको प्रतिवेदनलाई सर्वसम्मतिले उपसमितिमा पठाउने निर्णय समेत गरेको छ । प्रतिवेदनमा सामान्य छलफल पछि उपसमितिमा पठाउने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।यसैबीच, बैठकमा प्रमुख दलका शीर्ष नेताहरु आजपनि अनुपस्थित रहे । एमाले अध्यक्ष झलनाथ खनाल ढिलागरेर पुगे पनि अन्य दलका प्रमुख नेताहरु भने अनुपस्थित रहेका थिए । संविधानमा सहमति खोज्ने भन्दै पटक पटक समय लिएका शीर्ष नेताहरु संवैधानिक समितिमा अनुपस्थित रहेपछि साना दलहरुले उनीहरुको आलोचना समेत गरेका थिए । संवैधानिक समितिको बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित भएको छ । संविधान बनाउने बिषयमा दैनिक सरह छलफल गर्नुपर्नेमा समिति बैठकनै अनिश्चितकालका लागि स्थगित भएको हो ।
No comments:
Post a Comment