Sunday, April 8, 2012

अन्तराष्ट्रिय नेपाली समाज जापानको अधिबेसन हुदै

International Nepali Committee's Conference is going to be held in Japan


अर्जुन अधिकारी, जापान - जापानमा विभिन्न नेपाली सघं सस्थाहरुको बीचमा आफ्नो छुट्टै पहिचान बनाइ राख्न सफल अझ भनौ जातीय, राजनीतिक तथा क्षेत्रीय सस्थाहरुको भिडबाट आफ्नो अलगै पहिचान बनाई राखेको यस अन्तराष्ट्रिय नेपाली समाज जापान सदैब सामाजिक सेवामा होमिदै आइरहेको छ बिदेशी भूमिमा रहेर पनि नेपाली कला र सस्कृति को संरक्षण गर्दै बिदेशिएका नेपालीहरु मा मेल मिलाप, भाइचारा को भावना कायम राख्दै सामाजिक सेवामा निरन्तर लागिपरेको यस सस्थाको बिधान अनुसार हरेक दुइ दुइ बर्षमा हुदै आएको अधिवेसन यस पटक आउदो मे महिनाको १३ तारिक आइतबार २०१२ का दिन टोकियो ओमोरी स्तिथ सेयु भवन को ५औ तल्लामा ३:०० बजेबाट सम्पन्न हुन गैरहेको सँस्थाका महासचिब अर्जुन अधिकारीले जानकारी दिनु भयो ।

नेपाली समुदायहरु बीच जापानमा हाल देखा परेका बिद्यामान समस्याहरु बीच केन्द्रित रही एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै अन्तमा रमाइलो सास्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको सस्थाका वर्तमान अदक्ष्य शालिकराम भण्डारीले जानकारी दिनु भयो । अधिवेसनलाइ सफलता पुर्बक सम्पन्न गर्नको लागि वर्तमान अदक्ष्यको सयोजकत्योमा ३ सदसिय निर्बाचन आयोजक कमिटि पनि गठन गरियको आयोजक हरु ले जनाएका छन् ।

No comments:

Post a Comment