Showing posts with label Mysterious News. Show all posts
Showing posts with label Mysterious News. Show all posts

Sunday, April 8, 2012

प्रेमिकाको नाम लिंगमा लेखाएपछि


आफ्नो मायालुको चिनोको रुपमा सरीरमा उनको नामको टाटु बनाउने चलन धेरै पाइन्छ । तर इरानका एक युवक प्रेममा यति आशक्त रहेछन् की उनले आफ्नी प्रेमिकाको नाममा लिंगमै टाटु बनाएका छन् । २१ वर्षा ती युवकले आफ्नी प्रेमिकाको नामको पहिलो अक्षर एम लिंगमा त लेखाए तर त्यसपछि भने उनले एउटा अनौठो परिस्थितिको सामना गर्नु परिरहेको छ ।
लिंगमा टाटु खोपाएदेखि उनको लिंगको उत्तेजना साम्य भएको छैन । यौन सर्म्पर्क गर्ने बेलामा जस्तो उनको लिंग हरपल उत्तेजनामै रहेको छ ।
टाटु बनाउने क्रममा लिंगमा सुइँ लगाउँदा स्नायुमा रक्तश्राव हुँदा लिंग सधै उत्तेजित भएको चिकित्सकहरुले बताएका छन् ।
आफ्नो लिंग कहिल्यैपनि शान्त नभएको स्थितिले ती २१ वर्षो तन्नेरीलाई खुसी लागेको छ वा दुख लागेको छ, त्यो त थाहा भएन तर भियाग्रा कम्पनीले भने आफ्नो एकजना ग्राहक गुमाएको छ ।
जर्नल अफ सेक्सुअल मेडिसिनका अनुसार ती युवाको लिंग उत्तेजित अवस्थामा रहिरहेको भएपनि उनलाई पीडा भएको छैन र यस्तो समस्याको समाधानका लागि उनले कुनै उपचार गराउने सोँच पनि बनाएका छैनन्

स्रोत: नेपालकोरियान्यूज

बलत्कारीलाई फसाएर पक्रिने कण्डम - Anti-rape Condom

Mysterious News: Invention of Anti-Rape Condom to Prevent a Woman From Raper

दक्षिण अफ्रिकाकी सोनेट एहलर्स नामकी महिलाले केही वर्ष पहिले बलत्कार प्रतिरोधी कण्डमको आविष्कार गरेकी हुन् ।
एन्टी रेप कन्डम भनिने रेपेक्स नामको यो महिला कण्डमको काम भनेको बलत्कारी पुरुषलाई पक्रनु हो ।

यो कण्डमले महिलालाई बलत्कार गर्ने पुरुषको लिंगमा नराम्रोसँग घाउ बनाउने मात्र होइन लिंगमा टाँसिएको उक्त कण्डम सर्जरी गरेरै निकाल्नुपर्ने हुन्छ । यो कण्डमको भित्री भागमा दाँतजस्ता तिखा संरचना बनाइएको हुन्छ ।
यस्तो प्रकारको कण्डम लगाएकी महिलासँग जब पुरुषले यौन सम्पर्क राख्दछ तब उसको लिंगमा ती दाँत आकारका संरचना गड्छन् । दाँत लिंगमा गडेपछि उसले लिंग बाहिर निकाल्दा कण्डम सँगै निस्कन्छ र त्यो कण्डमलाई लिंगबाट निकाल्न अस्पतालमै गएर सर्जरी गर्नुपर्छ ।

एहलर्सलाई यस्तो कण्डम बनाउने विचार त्यस समयमा आएको थियो जब उनी दक्षिण अफ्रिकी रक्तसंचार सेवामा काम गर्थिन् । त्यस समयमा उनले केही बलत्कार पीडित महिलासँग भेट्ने मौका पाइन् । ती महिलासँग कुरा गर्दा एक पीडित महिलाले भनेकी थिइन् यदि मेरो गुप्तांगमा दाँत हुन्थ्यो भने मैले बलत्कारीलाई सबक सिकाउन सक्थेँ । तर योनीमा दाँत हुने कुरा भएन ।
यो कुराले एहलर्सलाई यस्तो दाँतवाला कण्डम बनाउने प्रेरणा मिल्यो । २००५ मा बनाइएको यो कण्डम महिला विरुद्ध हुने यौनजन्य हिंसा निवारणको लागि महत्वपूर्ण हुने बताइएपनि यसको प्रयोग भने उतिसारो हुन सकेको छैन । बलत्कारको खतरामा रहेका महिलाले जोखिमयुक्त स्थान वा समयमा यो कण्डम लगाएर बस्ने गरेमा बलत्कारी पुरुषलाई पक्रन तथा लिंगमा रहेको घाउलाई प्रमाणको रुपमा अदालतमा पेश गर्न सजिलो हुने महिला अधिकारकर्मीहरुको भनाइ छ ।
पहिले रेपेक्स नाम दिइएको यो कण्डमको नाम सन् २००६ मा रेप एक्स राखिएको छ ।

-Source: NepalKoreaNews