Saturday, April 7, 2012

प्रधानमन्त्रीनिवासमै DSP द्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास (स्रोत: नयाँपत्रिका)

Rape Attempt by a DSP in Baluwatar Prime MInister Resident

नयाँ पत्रिका,

बालुवाटारस्थित प्रधानमन्त्रीनिवासभित्रै राष्ट्रिय अनुसन्धान विभागका डिएसपी अनेससिंह ठकुरीले विभागकै एक महिलामाथि बलात्कारको प्र्रयास गरेका छन् । तर, डिएसपीलाई संरक्षण गर्दैर् पीडित महिलाको सरुवा भएको छ ।

फकाउँदा शारीरिक सम्पर्क राख्न नमानेपछि डिएसपी ठकुरीले अधिकृतस्तरकी करिब ४० वर्षीया महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेका हुन् । पीडित महिलाले प्रधानमन्त्री सचिवालय तथा विभागमा मौखिक रूपमा जाहेरी परे पनि त्यसको सुनुवाइ भएन ।

घटना गत ८ फागुनको हो । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) ठकुरीले यौनसम्पर्कका लागि फकाएका थिए । तर, नमनेपछि ती महिला प्रहरीमाथि बलात्कार गर्न खोजेका थिए ।

महिला रुँदै कराएपछि घटना बाहिर आएको थियो । बालुवाटार स्रोतका अनुसार घटनाबारे बालुवाटारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई जानकारी छ । पीडित महिलाले सबैसँगै रुँदै घटनाको विषयमा गुनासो पोखेकी थिइन् । जुन कुरा प्रधानमन्त्री झलनाथ खनालसम्म पुगिसकेको बालुवाटार स्रोतको भनाइ छ ।

घटना भएको दिन रुँदै पीडित महिला आफू त्यहाँ काम नगर्ने बताउँदै प्रधानमन्त्रीनिवासबाट निस्किएकी थिइन् । भोलिपल्ट उनको त्यहाँबाट सरुवा गरिएको थियो । नयाँ पत्रिकाले बुधबार पीडित महिलासँग कुराकानी गरेको थियो । तर, उनले यो विषयमा कुरा गर्न मानिनन् । उनको गोपनीयताको अधिकारलाई ख्याल गर्दै नाम र अहिले सरुवा भएको ठाउँ सार्वजनिक गरिएको छैन ।

डिएसपी ठकुरीले भने आफूले ती महिलामाथि बलात्कारको प्रयास नगरेको बताए । पीडित भएको भनिएकी महिलासँग कामको विषयमा विवाद भएपछि आफ्नो चरित्र हत्या गराउन लागिएको उनको भनाइ छ । पीडित महिलाले भने घटनाको बारेमा बोल्न चाहिनन् ।

डिएसपी ठकुरी चार महिनाअघि मात्र बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा सरुवा भएका थिए भने पीडित महिला दुई महिनाअघि सरुवा भएकी थिइन् । तर, त्यहाँ गएदेखि नै उनले ती महिलालाई शारीरिक सम्बन्धका लागि दबाब दिँदै पटकपटक दुव्र्यवहार गर्दै आएका थिए । 'कहिले पाँचखाल घुम्न जाऊँ, कहिले होटलमा खाजा खान जाउ भन्दै डिएसपीले फकाउने गरेका थिए,' पीडित महिलाका एक सहकर्मीले नयाँ पत्रिकासँग भने, 'तर उनको प्रस्ताव नमानेपछि बलात्कार प्रयास गरेको उनले बताएकी थिइन् ।'

राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार त्यससम्बन्धी उजुरी अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्टकोमा समेत पुगेको छ । तर, डिएसपी ठकुरी भट्टको निकट व्यक्ति भएकाले उनलाई संरक्षण दिएको स्रोतको दाबी छ । तर, भट्टले घटनाको बारेमा आफूलाई केही थाहा नभएको दाबी गरे ।

स्र्रोतका अनुसार पीडित महिला प्रहरीले प्रमुख भट्टकी श्रीमतीसँग आफूमाथि भएको अन्यायको विषयमा गुनासो पोखेकी थिइन् । उनले डिएसपी ठकुरीलाई कारबाही गराउन पहल गर्ने बताएकी थिइन् ।

अनुसन्धान विभाग स्रोतका अनुसार यसअघि पनि महिलाका विषयमा डिएसपी ठकुरीमाथि पटकपटक कारबाही भइसकेको छ । गत वर्षमात्र अनुसन्धानकै एक प्रहरी अधिकृतकी श्रीमतीमाथि अभद्र व्यवहार गरेकोमा उनी विवादमा तानिएका थिए । तर, विभागका प्रमुख भट्टले उनलाई जोगाएका थिए ।

स्रोतका अनुसार विभागका निवर्तमान प्रमुख देवीराज शर्माले त एकपटक बर्खास्तको प्रक्रिया नै अगाडि बढाएका थिए । गुण्डागर्दीमा संलग्न व्यक्तिसँग साँठगाँठ गरेकोलगायतका अभियोगमा उनलाई त्यसवेला बर्खास्त गर्न लागिएको स्रोत बताउँछ ।

तर, ठकुरी नेपाल प्रहरीका तत्कालीन एआइजी हेमबहादुर सिंहका निकट व्यक्ति भएकाले उनकै दबाबमा कारबाही रोकिएको थियो । पटकपटक भएका कारबाहीकै कारण उनको डिएसपीमा बढुवा पनि ढिला भएको थियो । डिएसपी ठकुरीले भने आफ्नो बद्नाम गराउन गलत हल्ला फैलाएको दाबी गरे ।

No comments:

Post a Comment