Sunday, April 8, 2012

सेना समायोजनमा माओवादीले अधिकतम लचकता अपनाउने (स्रोत: डिसीनेपाल)

सेना समायोजनका क्रममा माओवादीले दर्जा मापदण्ड र प्रक्रियाका विषयमा अधिकतम लचकता अपनाउने भएको छ ।


सेना समायोजनका विषयमा छलफल गर्न आज लडाकु कमाण्डरहरुसहित बसेको माओवादी स्थायी समितिको बैठकमा यस्तो निर्णय भएको हो ।


सेना समायोजनका विषयमा समायोजन हुने लडाकुको दर्जा, मापदण्ड, ब्रिजकोर्स तालिमबारे सहमति जुट्न बाँकी छ ।


सेना समायोजन विशेष समितिको बैठक बस्नु अघि माओवादीले तयारी स्वरुप सो बैठक बोलाएको थियो । अहिले सेना समायोजन विशेष समितिको बैठक पनि जारी छ ।


यसअघि संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादीको बैठकमा लडाकु प्रमुख नन्दकिशोर पुन, सैन इन्चार्ज चन्द्र प्रकाश खनालसहित सात वटै डिभिजनका कमाण्डरहरु उपस्थित रहेपनि वैद्य पक्षको भने उपस्थिति रहेको थिएन ।


सो बैठकमा समायोजनमा जाँदा पार्टीले कतिसम्म लचकता अपनाउने तथा समायोजनपछि लडाकुहरुको भूमिका लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

No comments:

Post a Comment